फेसबुकबाटै ५७ लाख ठगी गर्ने चालिसे पक्राउ

काठमाडौँ — फेसबुकमा 'घर जग्गा लोन सेवा' नामको पेज बनाएर लाखौँ रुपैयाँ ठगी गर्ने सिन्धुपाल्चोकका रामचन्द्र चालिसे पक्राउ परेका छन् ।  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ घर भई काठमाडौंको बसुन्धारा बस्ने चालिसेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

फेसबुकमा 'घर जग्गा लोन सेवा' नामको पेज बनाएका चालिसेले आफुलाई नकुल चालिसे, आकाश भट्टराई र आरएन क्षेत्रीका नामले चिनाउने गरेका थिए ।

२०७९ फागुन ११ गतेदेखि फेसबुकमा पेज बनाएर सक्रिय बनेका उनले त्यसपछि लोन चाहिएमा सम्पर्क गर्नुहोस् भन्दै सूचना जारी गर्न थालेका थिए । प्रहरीकाअनुसार त्यही क्रममा उनले ५७ लाख २० हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

उनी उपर ठगी तथा बैंकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : जेष्ठ २६, २०८० १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?