कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अस्पतालका पार्किङ नि:शुल्क गर्न माग

काठमाडौँ — उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील उपभोक्ता जागरण अभियान नेपालले अस्पतालहरुमा नि:शुल्क सवारी साधन पार्किङको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

अस्पतालका पार्किङ नि:शुल्क गर्न माग

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै जागर अभियानले एउटा बिरामीबाट एक पटकमा उपचारका नाममा लाखौं रकम असुल्ने अस्पतालहरुले पार्किङ शुल्कका नाममा ठगी गरिरहेको भन्दै तत्काल नि:शुल्क व्यवस्था गर्न माग गरेको हो ।

जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारीको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा सरकारले लागु गरेको स्वास्थ्य बीमा सहज नहुँदा उपभोक्ताले दुःख पाएको भन्दै त्यसलाई सहज गर्न पनि माग गरिएको छ ।

त्यस्तै सूर्तिजन्य पदार्थले उपभोक्ताको स्वास्थ्यमा असर गरेको विषयमा पनि उपभोक्ता जागरण अभियानले मन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले अस्पतालहरुले अनिवार्य रुपमा १०५ सैय्या बिपन्न, असहाय र बेवारिसे बिमारीलाई निःशुल्क उपलब्ध गराउने निर्णय भएको भन्दै ज्ञापनपत्रमा उल्लेखित विषयमा आफ्नो ध्यानाकर्षण भएको प्रतिक्रिया दिए । साथै यसको कार्यान्वयनमा तत्काल प्रक्रिया अगाडि बढाउने आश्वासन दिए ।

यसैगरी जागरण अभियानले खानपिनका कारण संक्रामक रोगबाट उपभोक्ता पीडित बनिरहेको सम्बन्धमा पनि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

बजारमा सडेको मासु बिक्री हुने गरेको, विभिन्न केमिकल प्रयोग गरी पकाएका फलफूल र त्यसबाट बनेका जुस लगायतका पेय पदार्थ पिउँदा क्यान्सरसम्म लाग्ने गरको भन्दै त्यस्ता वस्तु बिक्री वितरणमा रोक लगाउन अभियानले माग गरेको छ ।

प्रकाशित : जेष्ठ २३, २०८० २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x