२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

इजरायल पठाइदिन्छु भन्दै ४८ लाख रुपैयाँ ठग्ने पक्राउ

काठमाडौँ — इजरायल पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूबाट ४८ लाख रुपैयाँ उठाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरिकला दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

दाहालले वैदेशिक रोजगारीको लागि इजरायल पठाई निर्माण क्षेत्र काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ उठाएको पीडितहरूले उजुरी दिएका छन् ।

ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ चाबहिलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

प्रकाशित : वैशाख १३, २०८० १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×