काठमाडौं महानगरले ल्यायो विद्युतीय न्याय व्यवस्थापन प्रणाली

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाको न्यायिक समितिले विद्युतीय न्याय व्यवस्थापन प्रणाली (इजलास) सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमा हुने विवाद निरुपण गर्न महानगरले विद्युतीय प्रणालीको विकास गरेको हो । विवाद समाधान छिटो, छरितो र प्रभावकारी रुपमा गर्न एप सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रमुख राष्ट्रिय न्यायिक समिति सम्मेलनको उद्घाटन गर्दै महानगरले ल्याएको एप्सको पनि शुभारम्भ गरे । यो प्रणालीमा स्थानीय विवादको दर्तादेखि कार्यान्वयन चरणको विदुतीय अभिलेख हुनेछ । यसका लागि घरमै बसेर ijalas.kathmandu.gov.np मा गएर विवाद सम्बन्धीका उजुरी र लिखित जवाफ पठाउन सक्ने महानगरले जनाएको छ ।

निर्णय प्रणालीलाई शीघ्र बनाउने र कम जनशक्तिकबाट कार्य सम्पादनको हुने महानगरले जनाएको छ । यसमा अनलाइन विवाद दर्ता, मेलमिलापकर्ताको सुची दर्ता, मेलमिलापकर्ताको सूची, तारिख लिने र अनलाइनबाटै प्रतिवादीले लिखित जवाफ पनि पठाउन सक्नेछन् ।

महानगरद्वारा जारी सूचनमा भनिएको छ, 'यस प्रणालीका विवादका पक्षहरुलाई न्याय प्राप्त गर्न तथा कार्यालयको तर्फबाट न्याय सम्पादन गर्न सजिलो हुनेछ । सकेसम्म विवादलाई मेलमिलापबाट समाधान गर्ने र निणर्य प्रक्रियालाई शीघ्र बनाउने उद्देश्यले यो प्रणाली लागू गरिएको छ ।'

सरल, सहज र प्रभावकारी न्याय समाधानमा यो अनलाइन पद्धति नवीन र गुणात्मक रहने महानगरले उल्लेख गरेको छ ।

स्थानीय तहमा न्यायिक समितिलाई आलीधुर, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँट तथा उपयोग, अर्काको बालि नोक्सानी गरेको, ज्याला मजुरी नदिएको, जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको, नाबालक छोरा छोरी वा पति-पत्निलाई इज्जता आमदअनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको, वार्षिक पच्चीस लाख रुपैयाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा, अन्य व्यक्तिको घर, जग्गा वा सम्पतिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको, आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको, सँधियारको जग्गातर्फ झयाल राखी घर बनाउनु पर्दा कानुन बमोजिम छोड्नु पर्ने परिमाण्को जग्गा नछोडी बनाएको लगायतका विवादहरुमा मेलमिलपको माध्यमबाट मात्र विवादको निरुपण गर्ने अधिकार दिइएको छ ।

प्रकाशित : चैत्र १५, २०७९ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्

फेन्सर सोफियाले वर्ल्ड जुनियर च्याम्पियनसिप खेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली फेन्सर सोफिया चन्दले बुल्गेरियाको प्लोभ्दिभमा हुने ७३ औं वर्ल्ड क्याडेट एन्ड जुनिनयर फेन्सिङ च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट खेल्दै टिम स्पर्धामा कांस्यपदक जितेकी १९ वर्षीया सोफियाले अप्रिल १ देखि ९ सम्म हुने च्याम्पियनसिपमा जुनियरतर्फ साब्रे स्पर्धामा चुनौती प्रस्तुत गर्नेछिन् । यसबारे नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले भने, ‘जुनियरमा २० वर्षमुनिका खेलाडी सहभागि हुन पाउँछन् । यो उमेर समूहका राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा सोफियालाई वर्ल्ड च्याम्पियनसिपको लागि छनोट गरिएको हो ।’

सोफियाको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता यही हुने छ । च्याम्पियनसिपको पहिलो दिन नै प्रतिस्पर्धा गर्ने उनी विहीबार बुल्गेरिया प्रस्थान गर्दैछिन् । उनलाई संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले बुधबार बिदाइ गरेका छन् ।

ओलम्पिक छनोटको चटारो

पेरिस ओलम्पिक २०२४ एसियाली छनोट– पहिलो चरणको तयारीमा नेपाली महिला फुटबल टिम सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार अभ्यास गर्दै । छनोटको समूह ‘सी’ मा रहेको नेपालले भियतनामविरुद्ध चैत २२ र २५ खेल्ने छ । दशरथ रंगशालामा हुने खेलबाट समूह विजेता हुने टिम दोस्रो चरणमा प्रवेश गर्ने छ । नेपाली टिम टोकियो ओलम्पिक २०२० छनोटमा दोस्रो चरणसम्म पुगेको थियो ।

प्रकाशित : चैत्र १५, २०७९ २०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×