कोटेश्वर क्याम्पसमा नेविसंघका बुढाथोकी सर्वसम्मत 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोटेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका सञ्जय बुढाथोकी सर्वसम्मत चयन भएका छन् । 

नेविसंघसहित अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी) चन्द सहितका क्याम्पसमा दर्ता भएका विद्यार्थी संगठनबीच भएको सर्वपक्षीय सहमतिबाट बुढाथोकीको नेतृत्वमा २१ सदस्यीय स्ववियु कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा अखिल (क्रान्तिकारी)का सागर पराजुली, सचिवमा अनेरास्ववियुका रामकृष्ण थापा, सहसचिवमा शर्मिला भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियूका शैलन्द्र श्रेष्ठ चयन भएका छन्।

सदस्यहरुमा नेविसंघकी शारती ढकाल, आशीष कार्की, प्रदीप कार्की, सन्तोष घर्तीमगर, अनेरास्ववियूका सञ्जु भट्ट, प्रेमराज रेग्मी, राजेशकुमार गुप्ता, सुशील दाहाल, अखिल (क्रान्तिकारी) का अप्सरा बस्नेत, सरोज श्रेष्ठ, बिनिता फुयाल र अखिल (क्रान्तिकारी) चन्द समूहका मिठु टमट्टालगायत छन् ।

निर्वाचित कार्यसमितिका सदस्यहरुलाई क्याम्पस प्रमुख गोविन्दबहादुर कार्की र प्रमुख निर्वाचन अधिकृत सुरेश पोखरेलले बधाई ज्ञापन गरेका थिए । नवनिर्वाचित अध्यक्ष बुढाथोकीले कलेजको शिक्षाको गुणस्तर सुधार गर्न कलेज प्रशासनसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।


प्रकाशित : चैत्र १०, २०७९ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्

फिफा वरीयतामा नेपालको तीन स्थान सुधार

रासस

काठमाडौँ — नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अंकका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३औँ स्थानमा थियो ।  

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २०औँ स्थानमा छ । आज सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ भने जर्मनी दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा छ । इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छ्न । नेदरल्यान्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दसौं स्थानमा छन् ।

प्रकाशित : चैत्र १०, २०७९ २०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×