कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

'ब्रिटिस नागरिक हुँ' भन्दै टिकटकबाट १५ लाख पठाउन लगाउने पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो समय अनलाइन ठगी बढिरहेको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटकलगायतका प्लेटफर्ममार्फत विभिन्न उपहार परेको छ भन्दै पैसा पठाउन लगाउनेहरू बढिरहेको छ । पछिल्लो पटक त्यस्तै अपराधमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टिकटकबाट १५ लाख ठगी गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्केलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अन्जलीले टिकटकमा ब्रिटिस नागरिक 'फ्रान्कलिन पल' भएको दाबी गर्दै नेपाली महिलालाई ठगेकी हुन् । उनले आफ्नो श्रीमतीको मृत्यु भइसकेको र नेपाल आएर विवाह गर्ने प्रलोभन दिएको पीडितले प्रहरीलाई बयान दिएकी छिन् ।

पीडितको ह्वाट्सएपमा कुराकानी गर्दै अन्जलीले पीडितलाई उपहार पठाइदिन्छु भनेर लोभ देखाएकी थिइन् । उनले जुत्ता, ब्याग, आईफोन, सुनका गरगहना र ७० हजार डलर पठाइदिने र त्यसका लागि डेलिभरी, भन्सार,बिमालगायतका विभिन्न शुल्क लाग्ने भन्दै पटक-पटक गरी १५ लाख २० हजार रुपैयाँ पठाउन लगाएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनलाई ठगी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×