कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

आफूमाथि कुटपिट भएको मध्यपुर थिमिका उपप्रमुख श्रेष्ठको दाबी

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि कुटपिट भएको दाबी गरेका छन् । मध्यपुर थिमि-४ दुईपोखरीस्थित ढुङ्गा छपाइको साइत गर्न पुगेका श्रेष्ठलाई स्थानीय एवं एमालेका नगर सचिव सुमन जोशी मिलेर कुटपिट गरेको श्रेष्ठले दाबी गरे ।

आफूमाथि कुटपिट भएको मध्यपुर थिमिका उपप्रमुख श्रेष्ठको दाबी

‘नगरप्रमुख, उपभोक्ता समितिका पदाधिकारी, स्थानीयलगायतको उपस्थितिमा ढुंगा छपाइको साइतका लागि दुईपोखरी पुगेका थियौं, जोशीले योजनाबद्ध रुपमै समूहमा आएर आक्रमण गर्‍यो,’ नगर उपप्रमुख श्रेष्ठले भने, ‘कुटपिट तथा हातपातका कारण कम्मर दुखेको छ ।’

जोशीले आफ्नो उपभोक्ता समितिले ढुंगा छपाइको काम नपाएको आवेगमा आक्रमणमा आएको समेत उपप्रमुख श्रेष्ठले दाबी गरे । ‘गतवर्ष जोशीकै नेतृत्वमा ढुंगा छपाइको काम सुरु भएको थियो । समयमा काम सम्पन्न गर्न सकेन, चित्त बुझ्दो काम भएन भनेर नगरपालिकाले अर्कैलाई ढुंगा छपाइको जिम्मा लगायो‚’ उनले भने ।

ढुंगा छपाइको साइत गर्न पुगेका नगरप्रमुख, उपप्रमुख, उपभोक्ता समितिमा विवाद गर्न आएपछि विवाद नगर्नुस् भन्दा आक्रमण गरेको श्रेष्ठले बताए । दुईपोखरीबाट सिद्धिकाली ओरालोसम्मको करिब ४ सय मिटर दूरीमा ढुंगा छपाइको योजना छ । उक्त ढुंगा छपाइका लागि करिब ७० लाख रुपैयाँ लागत रहेको समेत नगरपालिकाले जनाएको छ ।

प्रकाशित : फाल्गुन १४, २०७९ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?