राष्ट्रपति सवारीका बेला सडकमा हिँडेको भन्दै चिकित्सकमाथि कुटपिट, ट्रमा सेन्टरमा प्रदर्शन

काठमाडौँ — राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथ सिंहलाई प्रहरीले दुर्व्यवहार गरेपछि चिकित्सकहरुले विरोध जनाएका छन् । शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला डिउटीमा आइरहेका डा सिंह वीर र ट्रमाको बीचमा प्रहरीले कुटपिट गरेको सेन्टरका शाखा अधिकृत नवराज गौतमले जानकारी गराए ।

राष्ट्रपति सवारीका बेला सडकमा हिँडेको भन्दै चिकित्सकमाथि कुटपिट, ट्रमा सेन्टरमा प्रदर्शन

उनले भने, ‘टाउकोमा टुटुल्को उठ्ने गरी नै प्रहरीले हिर्काएका रहेछन् । अहिले भिड पनि जम्मा भएको छ ।’ विरोधमा उत्रेका वीर र ट्रमाका चिकित्सकहरुले इमर्जेन्सी नै रोक्ने चेतावनी दिएका छन् । ‘दुवै अस्पतालको चिकित्सकहरु जम्मा भएका छन् । विरोध चलिरहेको छ । प्रहरीहरु आउनुभएको छ । छलफल गरिरहेका छौं,' उनले भने । विरोधको क्रममा चिकित्सक तथा कर्मचारीहरूले आधा घण्टासम्म सडकमा चक्काजाम गरे ।

संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गरेका थिए ।

तस्बिरहरु : केशव थापा/कान्तिपुर

प्रकाशित : माघ २७, २०७९ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?