अर्काको नाममा लाइसेन्सको ट्रायल दिने पक्राउ- उपत्यका - कान्तिपुर समाचार

अर्काको नाममा लाइसेन्सको ट्रायल दिने पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जना पक्राउ परेका छन् । ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी र उनलाई परीक्षा दिन लगाउने दुवैलाई पक्राउ गरेको हो ।

दोलखाको गौरीशंकर नगरपालिका-५ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी बस्ने २३ वर्षीय देवबहादुर श्रेष्ठ र दोलखा घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय युवराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भक्तपुरको राधेराधे ट्रायल सेन्टरबाट खड्काको नाममा श्रेष्ठले दुई पांग्रे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

नियन्त्रणमा आएका दुवै जनालाई प्रहरी वृत्त ठिमी पठाइएकोमा अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १८, २०७९ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्

सिटिजन्स बैंकको सीईओमा गणेशराज पोखरेललाई निरन्तरता 

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंकको बुधबार बसेको ४११औं सञ्चालक समिति बैठकले हालका सीईओ गणेशराज पोखरेललाई नै निरन्तरता दिएको छ । पोखरेललाई आगामी ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

पोखरेलले स्थापनाकाल देखिनै बैंकमा आवद्ध भई नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । पोखरेलले यसअघि पनि ४ वर्षे कार्यकाल सीईओका रुपमा सम्हालेका थिए । उनको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाइल बैकिङ तथा अन्य डिजिटल कारोबार, बैंकिङ सेवामा उपलब्धि हासिल भएको बैंकले जनाएको छ । बैंकका अनुसार पोखरेलको पहिलो कार्यकालमा निक्षेप औसत वार्षिक २६.०४ प्रतिशत बढेर हाल १ खर्ब ६१ अर्ब ४५ करोड पुगेको, कर्जा औसतमा वार्षिक २३.६२ प्रतिशत बढेर हाल १ खर्ब ४२ अर्ब ५४ करोड पुगेको छ ।


प्रकाशित : माघ १८, २०७९ १९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×