खुल्लामञ्च‍को डीपीआर रोक्न माग गर्दै प्रदर्शन- उपत्यका - कान्तिपुर समाचार

खुल्लामञ्च‍को डीपीआर रोक्न माग गर्दै प्रदर्शन

तस्बिर : केशव थापा

काठमाडौँ — खुल्लामञ्चमा ३ तहको भूमिगत पार्किङ निर्माणका लागि काठमाडौं महानगरले डीपीआर गराउने तयारी गरेपछि अकुपाई टुँडिखेलले सोमबार महानगर पालिकाको कार्यालय घेराउ गरेको छ ।

अकुपाई टुँडिखेलको टोलीले सोमबार शान्तिपूर्ण रुपमा महानगरको कार्यालय घेराउ गर्दै भूमिगत पार्किङ निर्माण नगर्न दबाब दिएको छ ।

महानगरपालिकाले खुला मञ्चमा पूर्वसावधानीको सिद्धान्‍तको प्रयोग गर्न खोज्नु र डीपीआर बनाउने प्रक्रिया सुरु गर्नु नै गलत भएको उल्लेख गर्दै अभियानले सर्वजनिक जग्गामा निषेधात्मक सिद्धान्तको तथा सार्वजनिक न्यायको सिद्धान्त अनुरुप न्यासीको हैसियतले संरक्षण गर्न आग्रह गरेको अभियानका संयोजक विजय श्रेष्ठले बताएका छन् ।


जनता र विज्ञहरूको रायलाई हलुका रुपमा लिए चरणबद्ध रूपमा अभियान सञ्चालन गर्न समेत आफूहरु बाध्य हुने बताउँदै डीपीआरको कार्य तत्काल रोक्न अनुरोध गरेको छ ।


टोलीले महानगरका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र दिन खोजेपनि उनले नमानेपछि उपमेयर सुनिता डंगोललाई बुझाएर फर्किएको छ ।

प्रकाशित : पुस १८, २०७९ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्

टोपी दिवसको रमझम

तस्बिर : केशव थापा

काठमाडौँ — १० औं अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवस धुमधामले मनाइएको छ । राष्ट्रिय पोसाकमा सजिएर आएका पुरुष तथा महिला आइतबार काठमाडौंको हनुमानढोका क्षेत्रमा नाचगानसहित भेला भएर उक्त दिवस मनाएका हुन् । उनीहरु 'मौलिकता, सम्पदा, धरोहरको संरक्षण राष्ट्रिय पोसाक, झन्डा स्वाभिमानको पहिचान' भन्ने नारासहितको ब्यानर बोकेर आएका थिए ।

वसन्तपुरबाट निकालिएको र्‍याली प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । युवाहरुको समूहले मौलिक पोसाक संरक्षणको सन्देश दिन अंग्रेजी नयाँ वर्षलाई अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवसका रुपमा मनाउँदै आएको छ ।


प्रकाशित : पुस १७, २०७९ ११:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×