कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रातो मत्स्येन्द्रनाथ बुङमती प्रस्थान

काठमाडौँ — सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर सानो खटमा चारजना पुजारीले बोकेर बुङमती लगिएको छ । मीननाथको रथ भने पुल्चोकबाट तानेर टंगलस्थित उनकै मन्दिरमा पुर्‍याउन त्यसतर्फ तानिएको छ ।

रातो मत्स्येन्द्रनाथ बुङमती प्रस्थान

कोभिड–१९ का कारणले यस वर्ष पाटनको कोरबस्तीभित्र रथ यात्रासँगै लगनखेलमा नरिवल खसाल्ने र जावलाखेलमा भोटो जात्रा भने रोकियो ।


यसअघि साउन १० गते मत्स्येन्द्रनाथलाई तबहालबाट पुल्चोक पुर्‍याएर त्यहँ रथारोहण गरिएको थियो ।


रथ यात्रा गर्ने विषयमा सरोकारवाला निकायले महिनौं दिन अनिर्णयको बन्दी बनाएको भन्दै भदौ १८ गते स्थानीय स्वत:स्फूर्त रुपमा बाहिर आएर रथ करिब २ सय मिटर तानेपछि प्रहरीसँग झडप भएको थियो ।


त्यसपछि भदौ २१ गते सांकेतिक रुपमा १० मिटर रथ तानेर रथयात्रा औपचारिक रुपमा समापन गरिएको थियो ।

प्रकाशित : भाद्र २९, २०७७ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?