कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

खरिपाटी क्वारेन्टाइनका एक पुरुषमा कोरोना संक्रमण  

भक्तपुर — कतारबाट आएर खरिपाटी क्वारेन्टाइनमा बसेका एक जना पुरुषमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जेठ २६ गते (शुक्रबार) कतारबाट आएर चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्र क्वारेन्टाइनमा बसेका १४८ मध्ये सुनसरी रामधुनी नगरपालिका–५ का ४७ वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । 

खरिपाटी क्वारेन्टाइनका एक पुरुषमा कोरोना संक्रमण  

ती पुरुषलाई शुक्रबार साँझ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी तारादेवी थापाले बताइन् । अन्य १ बालिका, ६ महिलासहित १४७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको र शुक्रबार साँझ नै सम्बन्धित जिल्ला पठाइएको जनाएको छ ।

गत शुक्रबार कतारबाट फर्किएका १४९ जनालाई त्रिभुवन विमानस्थलबाट सिधै खरिपाटी पुर्‍याइएको थियो । एउटै विमानमा आएकामध्ये केहीलाई कोरोना भाइरस शंकास्पद देखिएको र उनीहरुलाई ‘होल्डिङ सेन्टर’ नलगी सिधै क्वारेन्टाइन पुर्‍याएको थियो । जसमध्ये एक जना यात्रुको बुबाको निधन भएपछि घर पठाइएको र अन्यलाई क्वारेन्टाइन राखिएको सेनाले जनाएको छ ।

खरिपाटी क्वारेन्टाइनमा राखिएका १४८ र क्वारेन्टाइन स्थलमा कार्यरत मेडिकल तथा स्टाफ ५ गरी १५३ जनाको पीसीआर परीक्षणका लागि बुधबार ‘नेजल स्वाब’ को नमुना संकलन गरेको थियो ।

नेपाली सेना गठ्ठाघर ब्यारेकमा कार्यरत एक पुरुषमा पनि कोरोना

नेपाली सेना गठ्ठाघर ब्यारेकमा कार्यरत एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका ती ३४ वर्षीय पुरुष शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा बिरामी कुरुवाको रुपमा बस्दा पीसीआर परीक्षण गराएको र शुक्रबार रिपोर्ट पोजिटिभ आएको जनाएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भक्तपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

प्रकाशित : श्रावण २, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×