२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता

काठमाडौँ — नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबिच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका तर्फबाट महानिर्देशक जगदिश्वर कर्माचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले विपद्सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउने विज्ञप्तीमा उल्लेख छ ।

मौसमजन्य विपद् जोखिमको पूर्वसूचना, अनुमानित क्षेत्रमा प्रकोप आउनुअगावै सर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोन प्रयोगकर्ताले प्राप्त गर्न सक्ने टेलिकमले जनाएो छ ।

वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात, हिमआँधी, तातो हावाको लहर (लु), शितलहर, वायु प्रदूषण, घुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोटन, ढडेलोजस्ता विपद्हरूको पूर्वसूचना उपलब्ध गराइने भनिएको छ ।

यसका लागि नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई सेन्ट्रल सर्भरमा प्रयोग गर्न पहिलेदेखि नै ६०० सिम उपलब्ध गराइरहेकोमा अब थप १०० सिम समेत गरी ७०० थान सिम उपलब्ध गराएको छ । यसमा प्रतिमहिना ३०० एमबी डाटा समेत निःशुल्क उपलब्ध रहेको टेलिकमले जनाएको छ ।

कम्पनीले २०७३ सालदेखि नै यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गरिरहेको उल्लेख गरेको छ । जल तथा मौसम विज्ञान विभागले सम्प्रेषण गर्ने सूचना तथा सन्देशहरू २०७३ सालदेखि निःशुल्क एसएमएस सेवामार्फत सर्वसाधारणमा पर्‍याइरहेको जनाएको छ ।

प्रकाशित : असार १, २०८१ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x