२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

ग्लोबल आईएमईमा स्विस इन्भेस्टमेन्टको १० मिलियन डलर ऋण लगानी

काठमाडौँ — स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आईएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

ग्लोबल आईएमईमा स्विस इन्भेस्टमेन्टको १० मिलियन डलर ऋण लगानी

यससम्बन्धी सम्झौतामा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरे । बैंकले उक्त लगानीलाई कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ ।

कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्ने उद्देश्य छ ।

आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत नेपाल स्थित स्विट्जरल्यान्ड दूतावासले यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठुलो बैंकसाग सहकार्य गरेको जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०८१ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?