कवि चन्द्र गुरुङलाई गौरी तमू लेखनवृत्ति पुरस्कार प्रदान
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
लमजुङ — कवि चन्द्र गुरुङलाई गुरुङ साहित्य मञ्च नेपालमा स्थापित ‘गौरी तमू लेखनवृत्ति’ पुरस्कार प्रदान गरिएको छ । कास्कीको माछापुच्छ्र्रे गाउँपालिका ८, ल्वाङ गाउँमा आयोजित संस्थाको सातौं स्थापना दिवसका अवसरमा गोरखाको आरुघाट गाउँपालिका १ माझगाउँ, मान्बु घर भइ हाल धरानमा बस्दै आएका कवि गुरुङलाई नगद ३५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![कवि चन्द्र गुरुङलाई गौरी तमू लेखनवृत्ति पुरस्कार प्रदान](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/gurung-sahitya-0342024095339-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
उनलाई माछापुच्छ्र्रे गाउँपालिका ८ का वडाध्यक्ष रामबहादुर गुरुङ, पुरस्कारका संस्थापक गुरुङ साहित्यिक मञ्च नेपालका संस्थापक अध्यक्ष गौरी तमू (गौरीसरा), मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ, नेपाल प्रहरीका पूर्वआईजीपी हेमबहादुर गुरुङ, ल्होंगो तमू सेवा समाजका अध्यक्ष एवं तमू प्ये ल्हु संघका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, केन्द्रीय महिला समितिका निवर्तमान अध्यक्ष पुष्पा गुरुङलगायतले नगद, सम्मानपत्र, फेटा, फूलमालालगायतले सम्मान गरेका थिए । मञ्चले लेखन तथा साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएका एकजना श्रष्टालाई प्रत्येक २ वर्षमा पुरस्कार राशिसहित सम्मान गर्दै आएको संस्थाका महासचिव सम्राट गुरुङले बताए ।
पुरस्कारका संस्थापक गौरी तमूले आफनो प्रथम कृति ‘समै दर्बानी’ को बिक्रीबाट उठेको रकम र विभिन्न समयमा आफूले प्राप्त गरेको नगद पुरस्कारहरुलाई संकलन गरी मञ्चलाई १ लाख ५५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेकी थिइन् । केही समयपछि कोषलाई बढाएर उनले ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषको व्याजबाट मञ्चले यसअघि कवि छम गुरुङ र लेखक तीर्थ गुरुङ सम्मान गरिसकेका छन् ।
बाबा कुम्बासिं गुरुङ र आमा सेतुमाया गुरुङको कोखबाट २०३१ सालमा जन्मिएका सम्मानित कवि चन्द्र गुरुङले नेपाल कमर्स क्याम्पस, मिनभवन, काठमाडौंबाट स्नातकसम्मको अध्ययन गरेका छन् ।
नेपाली साहित्यमा २ दशक बढी समयदेखि कविता लेखनलगायत विधामा सक्रिय कवि चन्द्र गुरुङको ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’–२०६३, अंग्रेजीमा ‘माइ फादर फेस’–२०७६ (भारत) र ‘जब एउटा मान्छे हराउँछ’–२०७९ कविता संग्रह प्रकाशित छन् । यसबाहेक उनले थुप्रै नेपाली कवितालाई हिन्दी भाषामा र हिन्दी लगायत अन्य विदेशी भाषाका थुप्रै कविताको नेपालीमा अनुवाद गरेका छन् ।
‘जब एउटा मान्छे हराउँछ’ कृतिले धरानमा ‘विमल गुरुङ कृति पुरस्कार–२०७९’ प्राप्त गरेका छन् । उनका २ कविताहरु ‘एशियाको उत्कृष्ट कविता–२०२१’ नामक कृतिमा समावेश छन् । उक्त अवसरमा ‘किन हराउँदैछ गुरुङ मातृभाषा ?’ विषयमा बहस गरिएको थियो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)