कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पूर्वमन्त्री वाग्लेको पुस्तक 'बहादुर शाह'

काठमाडौँ — पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको नयाँ पुस्तक 'बहादुर शाह' सार्वजनिक भएको छ । नेपालयले प्रकाशन गरेको यो पुस्तकमा गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे छ ।

पूर्वमन्त्री वाग्लेको पुस्तक 'बहादुर शाह'

वाग्ले स्वयं पनि गोरखाबाट तीनपटक सांसद निर्वाचित भई मन्त्री बनेका हुन् ।

पाण्डुलिपि २०७६ सालमै तयार भए पनि पुनर्लेखन र सम्पादन प्रक्रियाले समय लागेको लेखक चिरन्जीवी वाग्लेले बताएका छन् । 'नेपालका कतिपय ऐतिहासिक पात्रहरूलाई गैरआख्यान पुस्तकमा पढ्दा लेखकीय आग्रहको झलक पनि भेट्दै आएको थिएँ,’ वाग्लेले भने, 'म साहित्यमा रुचि राख्ने साहित्यकै विद्यार्थी भएको हुनाले आफूले जानेकै विधाबाट उपन्यासमार्फत बहादुर शाहको कथा प्रस्तुत गर्ने जमर्को गरेको छु ।'

लेखक वाग्लेको यो तेस्रो पुस्तक हो । यसअघि उनले 'बन्धनशालामा खीर' र 'बलिदानले बनेको देश' लेखेका थिए ।

प्रकाशित : फाल्गुन १७, २०८० १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×