कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नीलम कार्कीलाई गंकी धुस्वां-बसुन्धरा पुरस्कार

काठमाडौँ — यस वर्षको गंकी धुस्वां–बसुन्धरा पुरस्कार उपन्यासकार नीलम कार्की निहारिकालाई प्रदान गर्ने घोषणा गरिएको छ । गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानले शुक्रबार यस्तो घोषणा गरेको हो ।

नीलम कार्कीलाई गंकी धुस्वां-बसुन्धरा पुरस्कार

प्रतिष्ठानले शुक्रबार दुई पुरस्कारको घोषणा गरेको छ। प्रतिष्ठानले कार्कीको उपन्यास 'द्रौपदी अवशेष'का लागि उक्त पुरस्कार प्रदान गरेको हो । यस्तै प्रतिष्ठानले धुस्वां सायमि सिर्जना पुरस्कार कलाकार गोविन्दलाल सिंह डंगोललाई प्रदान गर्ने घोषणा गरेको हो।

साहित्यकार धुस्वां सायमि र उनकी पत्नी बसुन्धरा मानन्धरको नाममा स्थापना गरिएको पुरस्कार हरेक दुई वर्षमा लेखक तथा उपन्यासकारहरूलाई प्रदान गरिँदैआएको छ । पुरस्कार वापत दुवै श्रष्टालाई ५० हजारका दरले नगद प्रदान गरिन्छ ।

प्रतिष्ठान सचिव प्रतिसरा सायमिद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् २०७८ सालको पुरस्कार बारे निर्णय सार्वजनिक गरिएको हो ।

प्रकाशित : पुस १७, २०७८ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?