कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘संगीत उद्गम र विकास’ सार्वजनिक

काठमाडौँ — लामो समयदेखि संगीत क्षेत्रको विकासका लागि खोज, अध्ययन, अनुसन्धान एवं लेखनमा सक्रिय दिनेश नेपालको ‘संगीत उद्गम र विकास’नामक संगीतग्रन्थ सार्वजनिक भएको छ । 

‘संगीत उद्गम र विकास’ सार्वजनिक

शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा गीतकार एवं चलचित्र निर्देशक यादव खरेल, अग्रज मूर्तिकार ठाकुरप्रसाद मैनाली, गायक रामेश श्रेष्ठ र चित्रकार कृष्ण मानन्धरले ग्रन्थको लोकार्पण गरे । ग्रन्थमा संगीतको उद्गम तथा विकास, पूर्वीय तथा पश्चिमा सिद्धान्त, यसको शैलीगत विशेषता र प्रणालीबारे व्याख्या एवं विश्लेषण गरिएको लेखक नेपालले बताए ।

ग्रन्थको समीक्षा गर्दै खरेलले मानिसको जन्मदेखि मृत्युपर्यन्तसम्म संगीत अपरिहार्य रहे पनि यसका सैद्धान्तिक पक्षबारे लेखिएका थोरै मात्र पुस्तक आएको उल्लेख गरे । ‘हामी जन्मेर च्याँ गरेर रोएदेखि नमरुन्जेल कहीँ न कतै संगीतसँगै हुन्छौं’, उनले भने,‘तर संगीतको ऐतिहासिक पक्षबारे किताब लेख्ने प्रचलन आएको छैन जस्तो मलाई लाग्छ । संगीतका सिद्धान्त र इतिहासलाई जोडेर तयार पारिएका पुस्तकहरु पढ्न पाएकै छैन ।’

नेपालद्वारा लिखितग्रन्थले संगीतको उद्गमदेखि कसरी विकास हुँदै आयो भन्ने ऐतिहासिक पक्षलाई समेटिएकाले संगीतप्रेमी र संगीतका सर्जकहरुलाई समेत उत्तिकै उपयोगी हुने उनले ठहर गरे ।

संगीतमा नवजीवन, भावना र प्रत्येक लयमा समायोजन हुने भएकाले यसको सैद्धान्तिक पक्षको अध्ययन पनि उत्तिकै महत्त्वपूर्ण भएकाले ग्रन्थले संगीतको महिमा र आयामहरूलाई बुझ्न सघाउ पुराउने मानन्धर, श्रेष्ठ र मैनालीले जिकिर गरे । गायक श्रेष्ठले भने,‘संगीतको तालले मानिसको भावनालाई छुन्छ । चेतना प्रभावमा समेत यो शक्तिशाली र प्रभावशाली माध्यम हो । यससम्बन्धी ग्रन्थहरु भए अझ यसको महत्त्व मानिसले बुझ्न सक्छन् ।’

प्रकाशित : जेष्ठ १४, २०७९ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?