कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

छोरीको जन्मदिनमा कविको उपहार

पोखरा — नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई नयाँ पुस्तक दिए ।

छोरीको जन्मदिनमा कविको उपहार

बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरे । स्याङ्जाको फेदीखोला १ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो ।

अमोर सेवा नेपालले अभिभावक विहीन बालबालिकालाई आश्रय दिँदै आएको छ । कार्यक्रममा फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले साहित्यकार सुरजले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएको जनाए । अध्यक्ष सुवेदीले कृति प्रकाशनमा पालिकाले सहयोग गर्ने प्रतिबद्धतासहित ५ सय थान पुस्तक खरिद गरी पालिकाका विद्यार्थीलाई वितरण गर्ने प्रतिबद्धता गरे ।

सुवेदीले विद्यार्थीकालमा साहित्यकार सुरज सम्पादक रहेको वेदना पत्रिकामा लेखरचना प्रकाशन गरेकोसमेत स्मरण गरे । उनले अमोर सेवा नेपालको विकासमा सघाउने प्रतिवद्धतासमेत गरे । सुवेदीले भने, ‘यो स्याङ्जाको एकमात्र बाल आश्रम हो । पालिकाले सक्ने बुताको सहयोग गरी नै हाल्छौं । प्रदेश, संघ सरकारमा पनि सहयोगका लागि समन्वय र सहकार्य गर्ने प्रतिवद्धता गर्दछु ।’

‘साइकल’ सुरजको तेस्रो कृति हो । यसअघि उनको एक गजल संग्रह र चिल उड्यो आकासमा बाल कविता संग्रह प्रकाशन भइसकेका छन् । बालमनोविज्ञानलाई नयाँ बिम्ब प्रतीकमार्फत् अभिव्यक्त गर्न खप्पिस उनी विचारमार्फत् चेतना पनि सँगसँगै भर्छन् ।

प्रकाशित : जेष्ठ १४, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?