कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

दुई स्रष्टालाई ‘नारायण गोपाल सम्मान’

काठमाडौँ — यस वर्षको ‘नारायण गोपाल स्मृति सम्मान’ संगीतकर्मीहरू तीर्थकुमारी थापा र रत्न बेहोसीले पाएका छन् । स्वरसम्राट् नारायण गोपालको ३१ औं स्मृति दिवसका अवसरमा आइतबार नारायण गोपाल संगीत कोषले जमलस्थित राष्ट्रिय नाचघरमा गरेको समारोहमा थापा र बेहोसीलाई सम्मान गरिएको हो ।

दुई स्रष्टालाई ‘नारायण गोपाल सम्मान’

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, कोषका महासचिव दीपक केसीलगायतले सम्मानपत्रसहित जनही २५ हजार रुपैयाँ हस्तान्तरण गरे ।

गायिका थापा पाँच दशकदेखि विशेषगरी लोकगीतको क्षेत्रमा सक्रिय छिन् भने बेहोसीले सात दशकदेखि गीत लेखन, संगीत संयोजन र गायनमा सक्रिय रहेका हुन् । सम्मानित दुवैले नारायण गोपालको योगदानको चर्चा गरे । कार्यक्रममा अन्नपूर्ण चेम्बर अर्केस्ट्रा समूहले नारायण गोपालका गीतसँगै सम्मानित थापा र बेहोसीका गीतहरू अर्केस्ट्रा धुनका साथ प्रस्तुत गरेको थियो । डेढ दर्जन गीत प्रस्तुतिमा सुरजकुमार थापा, शिला विष्ट, विपिन घिमिरे, तीर्थराज पोखरेल, वैभव विक्रम परियारलगायतका गायक–गायिकाहरू सहभागी थिए ।



प्रकाशित : मंसिर १९, २०७८ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?