कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वरिष्ठ अधिवक्ता अर्यालद्वारा लिखित 'बानेश्‍वरको सेरोफेरो' सार्वजनिक

काठमाडौँ — वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको संस्मरणात्मक कृति बानेश्वरको सेरोफेरो सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच कृति सार्वजनिक गरिएको हो ।

वरिष्ठ अधिवक्ता अर्यालद्वारा लिखित 'बानेश्‍वरको सेरोफेरो' सार्वजनिक

२०१९ सालमा स्थापित श्री रत्न पुस्तकालयका संस्थापक सदस्यसमेत रहेका अधिवक्ता अर्यालले बानेश्वर र आसपासका पुराना सम्झनालाई पुस्तकमा सुन्दर ढंगमा समेटेका छन् । बानेश्वरमै जन्मिएर हुर्किएका अर्यालले ६५/६६ वर्षयताको बानेश्वरको बस्ती र यहाँको समाजको चित्रण गरेका छन् ।

२०१५ सालताका बानेश्वर र आसपासमा गाडी नहुँदा भरिया लगाउनु परेको अनुभव, चामल बोक्न असन, इन्द्रचोकतिर जानु परेका पुराना सम्झनाको रोचक वर्णन उनको पुस्तकमा पाइन्छ । पुस्तकमा बानेश्वरको सेरोफेरोसँगै त्यसबेलाको राजनीति, प्रशासन र आम मनोविज्ञानबारे पनि बुझ्न सकिन्छ ।

काठमाडौंकै स्थायी बासिन्दा तथा कांग्रेसका नेता प्रकाशमान सिंहले शनिबार पुस्तक लोकार्पण गरेका हुन् । नेता सिंहले बानेश्वरको पुरानो अवस्था थाहा पाउन उक्त पुस्तक पढ्नुपर्ने बताएका थिए ।

प्रकाशित : मंसिर ४, २०७८ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?