कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कटुवालको ‘फेरि अर्को बिहानी’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — उपन्यासकार हरि कटुवालद्वारा लिखित उपन्यास ‘फेरि अर्को बिहानी’ सार्वजनिक भएको छ । सशस्त्र द्वन्द्व र त्यसपछिको अवस्थाको कथामा केन्द्रित उपन्यास  बरिष्ठ साहित्यकार कृष्ण धरावासी, निबन्धकार युवराज नयाँघरेलगायतले विमोचन गरेका छन् ।

कटुवालको ‘फेरि अर्को बिहानी’ सार्वजनिक

उपन्यास सार्वजनिक गर्दै साहित्यकार धरावासीले पञ्चायतकालमा भएको झापा आन्दोलनदेखि माओवादी सशस्त्र विद्रोहले व्यवस्था परिवर्तन गर्न योगदान गरे पनि आम मानिसको जीवनमा अझै फरकपन आउन नसकेको बताए । उनले लेखक साहित्यकारहरूले इतिहासका घटनाक्रमहरूलाई इमानदार भएर आफ्नो कलम चलाउनुपर्ने बताए । कार्यक्रममा निबन्धकार युवराज नयाँघरे लगायतले बोलेका थिए । कटुवालका यसअघि दुई उपन्यास ‘अधुरो सपना’ र ‘रेडलाइट’ प्रकाशित छन् ।

प्रकाशित : कार्तिक १०, २०७८ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?