कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकै मञ्‍चबाट दुई मुक्तक संग्रह सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — काभ्रेको पनौतीमा दुई स्रष्टाको छुट्टाछुट्टै मुक्तक संग्रह एउटै मञ्जबाट सार्वजनिक गरिएको छ । प्रदीप सापकोटाको 'मनको वारपार'  र पूर्णबहादुर श्रेष्ठ 'हृदयङकृत'का 'पूर्णपात्र' मुक्तक संग्रह एउटै मञ्चबाट सार्वजनिक भएको हो ‌।

एकै मञ्‍चबाट दुई मुक्तक संग्रह सार्वजनिक

पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने, साहित्यकार मोहन दुवाल, लेखप्रसाद निरौला, सूर्यप्रसाद लाकोजूलगायतले मुक्तक संग्रहहरू लोकार्पण गरे ।

दुवै मुक्तकमा समसामयिक समाज, राजनीतिक विसंगति, सांस्कृतिक ह्रास र प्रेम-प्रणयलाई केन्द्र बनाइएको छ ‌। सरल र सम्प्रेष्य भाषामा चतुष्पदी (चार लाइन) शैलीलाई दुवै मुक्तककारले अपनाएका छन् ।

मुक्तक संग्रहहरू 'समकालीन साहित्य प्रतिष्ठान, बेलायत' ले प्रकासित गरेको हो । सापकोटाको यसअघि 'यात्राका इन्द्रेणी रंग' नामक यात्रा-संस्मरण प्रकाशित छ भने पूर्णबहादुर श्रेष्ठको यो पहिलो पुस्तक हो ।

प्रकाशित : कार्तिक ७, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?