कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शर्माको आत्मसंलाप ‘घाम अस्ताएको होइन’

कान्तिपुर संवाददाता

काठमाडौँ — डा. व्यन्जना शर्माले आफ्नी स्वर्गीय आमाको स्मृतिमा ‘घाम अस्ताएको होइन’ नाममा आत्मसंलाप संग्रह निकालेकी छिन् ।

शर्माको आत्मसंलाप ‘घाम अस्ताएको होइन’

आठ वर्षअघि पीएचडी गर्ने क्रममा आफू अष्ट्रेलियामा रहेका बेला धनकुटानिवासी आमाको निधन भएको खबर सुनेर लेखक शर्माले यो आत्मसंलाप लेखेकी हुन् । शर्माले पत्रात्मक शैलीमा आमासागका स्मृति उधिन्ने क्रममा एउटी आमाले आफ्ना सन्तानका लागि दिने समय, समर्पण र त्यागको मन छुने उदाहरणहरु पेश गरेकी छिन् ।

‘सोक्रेटसले भनेका छन्— हरेक नयाँ कुराको सुरुवात अनन्त पीडाबाट हुन्छ ।हजुर(आमा)लाई गुमाउनुको पीडाले मेरो जीवनको मोड परिवर्तन भएको छ । मेरो जीवनको उद्धेश्य बदलिएका छन्, प्राथमिकता बदलिएका छन्’ भन्दै लेखक शर्माले आफ्ना प्रियजनले छाडेर गएपछि कवित्व चेतसहितको स्मृति पत्रहरु लेखेकी छिन् । हाल झापा, दमक बहुमुखी क्याम्पसमा अंग्रेजी अध्यापक रहेकी अंग्रेजी आलेखहरुको संग्रह पनि प्रकाशोन्मुख छ ।

‘घाम अस्ताएको होइन’ कृतिलाई ओरिएन्टल पब्लिकेसनले प्रकाशित गरेको छ ।

प्रकाशित : आश्विन २६, २०७८ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?