कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरिहर तिमिल्सिनाको उपन्यास ‘कखरा’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — कवि तथा गीतकार हरिहर तिमिल्सिनाको उपन्यास ‘कखरा’ सार्वजनिक भएको छ । असोज २१ गते बिहीबार राजधानीको प्रज्ञा भनवमा कृति विमोचन भएको हो ।

हरिहर तिमिल्सिनाको उपन्यास ‘कखरा’ सार्वजनिक

ख्यातिप्राप्त आख्यानकार नयनराज पाण्डे, शिक्षा मन्त्रालयका सह सचिव डा. हरि लम्साल, लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल मुकुन्द शर्मा र शिक्षाकर्मी मल्लिका जोशीका साथमा विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत किशोरकिशोरी कल्याण विक्रम अधिकारी, स्नेहा झा, स्वस्ति रेग्मी र अर्जुन मिजारले संयुक्त रुपमा विमोचन गरेका थिए । विमोचन पछिको अन्तरक्रियामा युवापुस्ताका वक्ताले कृतिका पात्रमा आफूलाई भेटेको अनुभव सुनाएका थिए ।

आख्यानकार नयनराज पाण्डेले उपन्यासले आफूलाई स्कुले जीवनका घटना स्मरण गराएको बताए । उनको थप भनाइ थियो, ‘विद्यार्थी वदमास देखिनु, भौतिक कुरा नाश गर्नु भनेको उसले आफ्नो असन्तुष्टि पोखेको हुने रहेछ । मैले पनि स्कुल छोड्ने बेलामा साथीहरूसित लागेर केही तोडफोड गरेको थिएा । त्यसो किन गरो हुाला भन्ने लाग्थ्यो । उपन्यास पढ्दै गर्दा त्यसको जवाफ भेट्टाएा । यस उपन्यासमा लेखकले सजिलो तरिकाले वर्तमान शिक्षा प्रणालीका पक्षहरू केलाएका छन् । मैले दस घण्टामा मा यो उपन्यास पढिसकेँ ।’

अर्का वक्ता शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले अभिभावकले विद्यार्थीको सिकाइभन्दा नम्बर खोज्ने प्रवृतिले नै मुल समस्या भएको बताए । उनका विचारमा उपन्यासले स्वतन्त्र पठनको पक्षपोषण गरेको छ । लिटिल एन्जल्सका प्रिन्सिपल मुकुन्द शर्माले विद्यालयहरुमा अझसम्म व्याप्त यातनाका अवशेष गलत भएको बताए भने मल्लिका जोशीले मान्छेको दिमागलाई सय पूर्णाङ्कले नाप्ने वर्तमान मूल्याङ्कन प्रणालीप्रति उपन्यासले प्रश्न गरेको बताइन् । शिक्षक र शिक्षालय बदलिएमा समाज बदलिने अपेक्षा उपन्यासले राखेको छ । यस उपन्यासलाई सिकाइ समूहले प्रकाशन गरेको हो ।

प्रकाशित : आश्विन २२, २०७८ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?