कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रवासीको सहयोगमा पुस्तकालय

कान्तिपुर संवाददाता

बागलुङ — सशस्त्र द्वन्द्वपछि बन्द जीर्ण पुस्तकालय प्रवासी युवाले चन्दा संकलन गरेर पुनर्निर्माण गरेका छन् । गलकोट–५ को सहिद थिरबम मल्ल पुस्तकालय यतिबेला चिटिक्क बनेको छ ।

गलकोट समाज जापानले पठाएको ६५ लाखसहित १ करोड रुपैयाँमा तीनतले घर बनाइएको हो । वडाध्यक्ष नारायणध्वज मल्लका अनुसार अन्य भौतिक संरचना, उपकरण र स्वास्थ्य सेवाका लागि पनि सहयोग प्राप्त भएको थियो । भवनको पहिलो तलामा आँखा उपचार केन्द्र, दोस्रोमा पुस्तकालय र तेस्रोमा सभाहल बनाइएको छ ।

२००७ मा सहिद भएका थिरबम मल्लको स्मृतिमा भरत बम र देवी चैतन्यले हरिचौरमा स्थापना गरेको पुस्तकालयमा इतिहास, भूगोल र विभिन्न जातजातिको संस्कृतिबारेका पुस्तक छन् ।

‘युवाले पैसा पठाएपछि हामीलाई पनि दबाब पर्‍यो र भवन बनाइयो,’ मल्लले भने, ‘भवन सबै काममा उपयोगी बनेको छ ।’ नगरपालिका र वडाले इतिहासको गन्तव्य पुस्तकालयका रूपमा विकास गर्न थप सामग्री र इतिहासका अन्य दस्ताबेज संकलनको कामसमेत गरेको छ ।

प्रकाशित : आश्विन २२, २०७८ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?