कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विनोदविक्रम केसीको ‘भेन्टिलेटरमा आमा’ बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — कवि तथा निबन्धकार विनोदविक्रम केसीको पहिलो निबन्ध सङ्ग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ । ‘भेन्टिलेटरमा आमा’ सोमबारदेखि बजारमा पुगेको प्रकाशक संस्था बेला पब्लिकेसन्सले जनाएको छ ।

विनोदविक्रम केसीको ‘भेन्टिलेटरमा आमा’ बजारमा

‘भेन्टिलेटरमा आमा’मा २९ वटा निबन्धहरु सङ्गृहित छन् । ‘खासमा यो मेरो सम्झनासङ्ग्रह पनि हो,’ निबन्धकार केसीले भने, ‘केही मान्छे, केही घटना अनि केही सन्दर्भलाई स्मृतिको तानमा हालेर ‘केही’ बुन्न खोजेको छु । केही दिवङ्गत प्रिय मान्छेका बारेमा केही पृष्ठ अर्पण गरेको छु, बाल्यकाल र किशोरवयमा सयर गरेको छु, भोगाइ तथा जियाइसँग जोडिएका केही मुद्दा र सवालमा टिप्पणी गरेको छु ।’ केसीले निबन्धमा आफूले बाँचेको समय र समाजका मिठास र कटुता, जलन र शीतलता, प्रेम र क्रुरतालाई व्यक्त गरेको बताएका छन् ।

लामो समयदेखि व्यंग्य, संस्मरण, निबन्धमा कलम चलाउँदै आएका केसी फुटकर लेखनबाटै निबन्ध विधामा पाठकहरुद्वारा रुचाइएका लेखक हुन् । उनी निबन्धसँगै कविता, कथा, अनुवाद, सम्पादनलगायत सिर्जनकर्ममा सक्रिय छन् । केसीको यसअघि ‘भोकको क्षेत्रफल’ (२०६९) कविता सङ्ग्रह प्रकाशित छ ।

बेलाको छैठौं पुस्तकका रुपमा केसीको निबन्ध प्रकाशित भएको पब्लिकेसन्सकी अध्यक्ष वन्दना ढकालले बताइन् ।

प्रकाशित : आश्विन १९, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?