कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राईको ‘श्वेतशार्दूलः मदन भण्डारीको जीवन’  सार्वजनिक

काठमाडौँ — लेखक रमेश रुछेन राईद्वारा लिखित ‘श्वेतशार्दूलः मदन भण्डारीको जीवन’  सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पुस्तक विमोचन गरेका हुन् ।

राईको ‘श्वेतशार्दूलः मदन भण्डारीको जीवन’  सार्वजनिक

सांग्रिला बुक्सद्वारा प्रकाशित यस पुस्तक नेपाली राजनीतिका प्रखर तथा गतिशील पात्र मदन भण्डारीको जीवनमार्फत वाम राजनीतिको विगत हेर्ने एउटा प्रयास हो ।

राजनीति र विकाससम्बन्धी अध्येता राई मोफलसलमा बसेर नेपाली राजनीति र विकासमा विगतको खोजी र वर्तमान निर्माणसम्बन्धी अध्ययनमा संलग्न छन् ।

पुस्तकको समीक्षा गर्दै नेकपा एमाले नेता विन्दा पाण्डेले नयाँ पुस्ताले पढ्नैपर्ने सामग्री भएको बताइन् । अर्का टिप्पणीकार पूर्वसभामुख दमननाथ ढुंगानाले नेपाली कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान बुझ्न युवा पुस्ताले यो पुस्तक पढ्नै पर्ने बताए ।


प्रकाशित : आश्विन ६, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?