कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलाकार शाह र केसी पुरस्कृत 

काठमाडौँ — वासुदेव–विद्यादेव लुइँटेल गुठीले हास्यव्यंग्य चित्रतर्फको पुरस्कार कलाकार शशी शाह र हास्यव्यंग्य अभियनतर्फको पुरस्कार किरण केसीलाई प्रदान गरेको छ ।

कलाकार शाह र केसी पुरस्कृत 

नेपाली हास्यव्यंग्य क्षेत्रका प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कार साहित्यकार श्री रोचक घिमिरेले शुक्रबार एक कार्यक्रमकाबीच प्रदान गरे । यी दुवै पुरस्कारको राशि एक लाख एघार हजार एक सय एघार छ ।

कार्यक्रममा साहित्यकार घिमिरेले पुरस्कृत वरिष्ठ कलाका शाहको नेपाली आधुनिक कलासँगसँगै हास्यव्यंग्य चित्रकलामा पनि विशिष्ट योगदान रहेको बताए । पुरस्कृत केसीले पुरस्कार स्वरुप आफूले पाएको रकम मध्ये ९० प्रतिशत समाजसेवामा खर्चने जानकारी दिए ।



प्रकाशित : भाद्र ११, २०७८ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?