![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई ‘महाकवि देवकोटा संग्रहालय’ पुनर्निर्माण कार्यको शिलान्यास गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले काठमाडौं महानगरपालिका–३० मैतीेदेवी शास्त्रीमार्गस्थित ‘कविकुञ्ज’लाई भत्काएर संग्रहालय निर्माण शिलान्यास गरेको हो । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बिहीबार वैदिक विधिअनुसार संग्रहालय भवन पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![देवकोटा संग्रहालयको शिलान्यास](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/third-party/ndktm-04632-1982021033833-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
शिलान्यास समारोहमा उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् र प्राज्ञ सभाका सदस्यहरू, वडाका जनप्रतिनिधि, महाकवि देवकोटाका परिवारजन र स्थानीयको उपस्थिति रहेको थियो । उपप्राध्यापक तथा ज्योतिषी हरिप्रसाद पौडेल र उपप्राध्यापक केशवशरण अर्यालले शिलान्यास समारोहमा वैदिक विधिअनुसार पूजा कार्य सञ्चालन गरेका थिए ।
कविकुञ्जको मौलिक स्वरूप भत्काइएप्रति चौतर्फी विरोध भइरहेको र सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेकै बेला प्रतिष्ठानले शिलान्यास गरेको हो । शिलान्यासपछि बोल्दै कुलपति उप्रेतीले जनसरोकारको विषय रहेको महाकवि देवकोटा संग्रहालयलाई पुरानै स्वरूपमा तर भूकम्प प्रतिरोधी आधुनिक प्रविधिको प्रयोग गरी पुनर्निर्माण गरिने बताए । ‘राष्ट्रिय गौरवका रूपमा रहेको महाकवि देवकोटा संग्रहालय भवनको पुनर्निर्माण कार्य एक वर्षभित्रै सम्पन्न गरी सञ्चालनमा ल्याइने छ,’ कुलपति उप्रेतीले भने ।
सरकारले ‘कविकुञ्ज’लाई संग्रहालय बनाउन अढाई करोड रुपैयाा लागतमा देवकोटा परिवारबाट १२ आना एक दाममा रहेको घर र जग्गा खरिद गरेको थियो । महाकवि देवकोटाको उक्त घर वि.सं. २००० सालमा बनेको थियो । २०७२ सालको भूकम्पबाट जीर्ण रहेकाले विशेषज्ञ प्राविधिक र सरोकारवालासाग परामर्श गरी भत्काइएको प्रतिष्ठानको जिकिर रहेको छ । प्रस्तावित संग्रहालय भवन सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण हुने जनाइएको छ ।
प्रांगणमा महाकवि देवकोटाको पूर्ण कदको प्रतिमा राखिने छ । संग्रहालयको भुइातलामा स्वागत कक्ष, प्रतीक्षा कक्ष र देवकोटासाग सम्बन्धित श्रव्यदृश्य सामग्री रहने छन् । पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्रीहरू रहने छन् । दोस्रो तलामा देवकोटाका प्रकाशित कृतिहरू, प्राप्त भएसम्मका अप्रकाशित पाण्डुलिपिहरू र स्वदेशी तथा विदेशी विद्वानहरूद्वारा देवकोटाका विषयमा लेखिएका उपलब्ध भएसम्मका कृति तथा शोधपत्रहरू रहने छन् । तेस्रो अर्थात् अन्तिम तलामा संग्रहालय अवलोकन गरिसकेपछि देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार–विमर्श, अन्तरक्रिया तथा गोष्ठी गर्न एउटा सभाकक्ष रहने छ । साथै भवनमा अशक्त अवस्थाका अवलोकनकर्ताहरूका लागि लिफ्टको व्यवस्था गरिने प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूले विज्ञप्तिमा जनाएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)