कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठ स्रष्टा सम्मानित

काठमाडौँ — लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न विधाका आठ जनालाई शनिबार सम्मान गरेको छ । 

वैज्ञानिक महावीर पुन आबद्ध राष्ट्रिय आविष्कार केन्द्रलाई गंगादेवी चौधरी स्मृति सम्मान, साहित्यकार प्राध्यापक चूडामणि रेग्मीलाई सरस्वती गद्य सम्मान, इतिहास–संस्कृतिविद् प्रा.डा. वीणा पौडेललाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, चित्रकार प्राज्ञ रागिनी उपाध्यायलाई अरनिको ललितकला सम्मान, कवि विश्वविमोहन श्रेष्ठलाई गोपालप्रसाद रिमाल काव्य सम्मान, देउडा गायक प्राज्ञ नन्दकृष्ण जोशीलाई नारायणगोपाल संगीत सम्मान, रंगकर्मी वीरेन्द्र हमाललाई बालकृष्ण सम रंग सम्मान र क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई नेपाल नवप्रतिभा सम्मान प्रदान गरिएको हो।

साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरी तथा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति संगीतकार रायनले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए । अध्यक्ष चौधरीले झन्डै तीन दशकदेखि निरन्तर हुँदै आएको कार्यक्रम यस वर्ष कोभिड महामारीका कारण सानो रूपमा आयोजना गर्नुपरेको बताए । ‘धेरै सम्मान र पुरस्कार पाइसक्नुभएका यहाँहरूका लागि यो सम्मान सानै होला तर यो हाम्रो हृदयसँग जोडिएको सम्मान हो,’ उनले भने ।

संगीतकार रायनले प्रतिकूल अवस्थामा पनि स्रष्टाहरूले गरेको सिर्जनाको प्रशंसा गरे । संस्थाका उपाध्यक्ष एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले सम्मानित स्रष्टाले सम्मानलाई नै सम्मानित पारेको भनाइ राखे ।

प्रकाशित : श्रावण २, २०७८ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?