कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा भानु जयन्तीमा दुई जना पुरस्कृत

रमेशकुमार पौडेल

चितवन — साहित्यकार प्रभा बराल र चित्रकार प्रकाश थापा पुरस्कृत भएका छन् ।

चितवनमा भानु जयन्तीमा दुई जना पुरस्कृत

आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्म जयन्तीको अवसर पारेर मंगलबार चितवन साहित्य परिषद्‌ले नारायणगढमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई पुरस्कार प्रदान गरियो । परिषद्‌ले ‘चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार’ प्रभा बराललाई दिएको छ । कृतिका लागि यो पुरस्कार दिने गरिन्छ ।

बरालको उपन्यास ‘फिलिंगो’का लागि ५० हजार ४५ रुपैयाँ राशिको पुरस्कार दिइएको परिषद्‌का अध्यक्ष सुरेन्द्र अस्तफलले बताए । जापानका कामदारहरुको विषयलाई आधार बनाएर उपन्यास लेखेको बरालले बताइन् । त्यसैगरी ५० को दशकदेखि नै चितवनमा सक्रिय रहेका चित्रकार प्रकाश थापालाई १५ हजार ४५ रुपैयाँ राशीको ‘चिसाप प्रतिभा’ पुरस्कार प्रदान गरिएको हो ।

प्रकाशित : असार २९, २०७८ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?