कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनन्त वाग्लेको उपन्यास ‘कदम’ सार्वजनिक

काठमाडौँ — अनन्त वाग्लेको नयाँ उपन्यास ‘कदम’ सार्वजनिक भएको छ । उपन्यास आफूहरूलाई ‘जंगलका राजा’ भनेर चिनाउने राउटे समुदायका बारेमा आधारित भएको प्रकाशक काठमाण्डु पब्लिकेसनले जनाएको छ ।

अनन्त वाग्लेको उपन्यास ‘कदम’ सार्वजनिक

राउटे समुदाय कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान लगायत जिल्लाका जंगलमा ठाउँ सर्दै सर्दै बस्ने गर्छन् र यो समुदायलाई एसियाकै अन्तिम फिरन्ता भनेर पनि चिनिन्छ ।

स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुखदुःख, परिवार, जीविका, प्रेम र प्रणयलगायत अनेक पाटा केलाएर उपन्यास तयार पारिएको लेखक वाग्लेले जनाएका छन् ।

३ सय १६ पृष्ठको यस पुस्तकको मूल्य ४ सय रुपैयाँ रहेको छ । लेखकस्वको अंश राउटे समुदायको हितमा खर्चने लेखकले पुस्तकमै घोषणा गरेका छन् ।

प्रकाशित : असार १८, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?