कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने

काठमाडौँ — सरकारले बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले बालबालिकाको बौद्धिक साहित्यिक सिर्जनशील क्षमताको विकास गर्न प्रतिष्ठान स्थापना गर्ने बताएका हुन् । 

सरकारले बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने

नेपाली साहित्य, संगीत तथा ललितकला क्षेत्रको विकासको लागि देशमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान स्थापना भएका छन् ।

सरकारले बाल प्रज्ञा प्रतिष्ठानको स्थापनासँगै हाल रहेका तीन प्रतिष्ठानको विकासको लागि काठमाडौंमा नै प्रज्ञाग्राम बनाउने योजना बनाएको छ ।

त्यस्तै अर्थमन्त्री पौडेलले विभिन्न जातजाति एवम् भाषाभाषीको रहनसहन, रीतिरिवाज, कला, संस्कृति र परम्परा झल्कने गरी काठमाडौंको कीर्तिपुरमा निर्माणाधीन राष्ट्रिय साँस्कृतिक संग्रहालय २ वर्षभित्र सम्पन्न गरिने बताए ।

त्यस्तै प्रदेश सरकारको समन्वय र सहकार्यमा प्रत्येक प्रदेशमा प्रादेशिक संग्रहालयको स्थापना र विकास गरिने पनि उनले बताए ।

प्रकाशित : जेष्ठ १६, २०७८ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?