कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजकर्णिकरको बाल नियात्रा ‘घामै प्यारो आमै प्यारो’ सार्वजनिक

क्रान्ति पाण्डे

काठमाडौँ — नियात्राकार घनश्याम राजकर्णिकरको बाल नियात्रा संग्रह ‘घामै प्यारो आमै प्यारो’ सार्वजनिक भएको छ ।

राजकर्णिकरको बाल नियात्रा ‘घामै प्यारो आमै प्यारो’ सार्वजनिक

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा किताबको सार्वजनिक सँगै अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रियाका क्रममा नियात्राकार प्रतीक ढकालले राजकर्णिकरले विदेशी कला र संस्कृतिलाई चिनाउने काम गरेको बताए ।बालसाहित्यकार अनन्त वाग्लेले पुस्तक बाल सुलभ भएको बताए । अमेरिका जानेहरुले पनि पुस्तक पढ्दा हुने उनको भनाइ थियो । प्रौढ पुस्तकको बालसंस्करणको प्रयास उदाहरणीय भएको उनले बताए । ‘घामै प्यारो आमै प्यारो’ राजकर्णिकरको नियात्रा कृति ‘यात्रा अमेरिकाको : माया नेपालको’ बालसंस्करण हो ।

साहित्यकार कृष्णप्रसाद दाहालले किताब अनुसन्धानात्मक र गहन भएको बताए । नियात्रामा संस्मरणलाई पनि उत्तिकै महत्त्व दिएको बताए । त्यस्तै, बाल इतिहासकार प्रमोद प्रधानले नेपालमा बाल निबन्ध कृति कम लेखिने र त्यसमाथि नियात्रा कृति झनै कम लेखिने हुँदा पुस्तक प्रकाशन सुखद आगमन रहेको बताए । लेखक राजकर्णिकरले नियात्रा पुस्तकलाई विद्यालयले तहका बालबालिकाले मनपराउने बताए ।

विवेक सिर्जनशिल प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य २ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित : वैशाख ३, २०७८ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?