क्रान्ति पाण्डे

पाण्डे विगत ९ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल इकान्तिपुरमा उप-सम्पादकका रुपमा कार्यरत छन् ।

क्रान्ति पाण्डेका लेखहरु :

काठमाडौंमा राष्ट्रिय परिचय पत्र वितरण सुरु

असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण भइरहेको छ । निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्रको वितरण पनि सुरु गरेको हो ।

नछुट्याएको फोहोर अबदेखि महानगरले संकलन गर्दैन : मेयर शाह

काठमाडौंका मेयर बालेन्द्र शाहले आगामी दिनमा नछुट्याई ल्याइएका फोहोर महानगरले नलिने बताएका छन् । मंगलबार समाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले नछुट्याएको फोहोर महानगरले संकलन नगरी फर्काइदिने बताएका हुन् । यसबाट पर्न सक्ने असुविधाका लागि महानगरले माफी चाहेको तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा सम्झौता गर्न नसकिने बताएका छन् ।

पंजाबी गायक सिद्धू मूसेवालाको हत्या

पंजाबी गायक सिद्धू मूसेवाला (शुभदीप संह सिद्धू)को हत्या भएको छ । आइतबार साँझ पंजाब को मानसा जिल्लास्थित जवाहरके गाउँमा उनीमाथि गोली प्रहार भएको हो ।

सबै मिलेर काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाऔं : नवनिर्वाचित मेयर साह

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले उक्त कुरा बताएका हुन् ।

हलिउड फिल्म खेल्दै आलिया

बलिउड अभिनेत्री आलिया भट्टले हलिउड फिल्म खेल्ने भएकी छन् । नेटफ्लिक्सको आगामी स्पाई थ्रिलरमा आलिया गल गडोट र जेमी डोर्रनानसँगै देखिनेछिन् ।

अप्रेसन हनी : गुणतस्तरहीन मह उत्पादन गर्ने पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन मह उत्पादन गर्ने एक जनालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको विशेष टोलीले काठमाडौं–२७ ज्याठाबाट बिहीबार नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

सापकोटाका दुई बाल कृति सार्वजनिक

कवि एवं बाल साहित्य सर्जक शान्ति सापकोटाका दुई बाल कृति सार्वजनिक भएका छन् । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भर्चुअल कार्यक्रममार्फत शुक्रबार बाल कथा सङ्ग्रह 'सिमसारको शङ्खे' र बाल कविता सङ्ग्रह 'धरतीकी रानी' विमोचन भएका हुन् ।