कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘संकलित गद्यरचना’को लोर्कापण 

काठमाडौँ — कवि, लेखक तथा पत्रकार हरि अधिकारीद्वारा लिखित ‘संकलित गद्यरचना’को शनिबार राजधानीमा लोर्कापण गरियो । वरिष्ठ साहित्यकार धुव्र सापकोटाले कृतिको विमोचन गर्दै नेपाली गद्य साहित्यका लागि अधिकारीको कृति महत्वपूर्ण दस्तावेज भएको टिप्पणी गरे ।

‘संकलित गद्यरचना’को लोर्कापण 

अधिकारीको लेखन कलालाई आफूले धरै पहिलेबाट चिनेको प्रसंग उल्लेख गर्दै सापकोटाले लालित्यपूर्ण भाषामा लेखिएका उनका लेखहरूबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताए ।

अमेरिकाबाटै लिखित मन्तव्य प्रेषित गरेका अधिकारीले आफूले रच्ने साहित्यमा नेपाली भाषाको मौलिकता, सौन्दर्य र लालित्यको मर्यादा कायम रहोस् भन्ने कुरामा आफू सचेत रहँदै आएको बताए । समालोचक शरच्चन्द्र वस्तीले अधिकारीको लेखनशैली उच्च कोटीको रहेको भन्दै कृतिमा संग्रहित सबै रचनाहरूको विशिष्ट महत्व रहेको बताए ।

साहित्यकार धुव्र मधिकर्मीले कुनै पनि विषयमा निर्भिक भएर लेख्नु नै बहुप्रतिभाशाली अधिकारीको लेखकीय विशेषता भएको धारणा राखे । समालोचक राजकुमार बानियाँले अधिकारीको लेखलाई ‘दृश्यमान शब्दहरूको मोहक नृत्य’को संज्ञा दिए ।

प्रकाशित : चैत्र २१, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?