स्रष्टाहरुलाई वासु शशी पुरस्कार

काठमाडौँ — नेपाली साहित्य क्षेत्रमा योगदान पुराएका स्रष्टाहरुलाई वासु शशी पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।

वरिष्ट कवि एवं नाटककार वासु शशीको ८५ औं जन्मजयन्तीको अवसरमा ‘वासु शशी स्मृति परिषद’ले शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न एक कार्यक्रममा साहित्यकार इन्दिरा प्रसाईं, कर्ण शाक्य, श्रीओम श्रेष्ठ ‘रोदन’ र रमण घिमिरेलाई उक्त पुरस्कार तथा सम्मान प्रदान गरियो ।
संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीबाट प्रसाईलाई ‘वासु शशी साहित्य पुरस्कार’ समर्पण गरियो । स्रष्टाहरु शाक्य, श्रेष्ठ र घिमिरेलाई क्रमश स् ‘वासु शशी साहित्य सम्मान’ र ‘कुमार सरस्वती साहित्य पुरस्कार’ सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी स्रष्टाहरु गणेश रसिक, प्रेमध्वज प्रधान लगायतकाले कवि एवं नाटककार शशीको योगदानबारे चर्चा गरे ।
प्रकाशित : चैत्र १४, २०७७ १४:१२