कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपन्यास ‘फिलिङ्गो’ सार्वजनिक

काठमाडौँ — पचासको दशकदेखि नेपाली साहित्य सिर्जनामा लागेकी कवि तथा लेखक प्रभा बरालको पहिलो उपन्यास ‘फिलिङ्गो’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा पत्रकार तथा लेखक बसन्त बस्नेत, कवि आलोक चालिसे, रजनी ढकालले पुस्तक लोकार्पण गरेका हुन् । लोकार्पण समारोहका वक्ता आलोक चालिसेले उपन्यासको विषयवस्तु, पात्र तथा लेखमा चुम्बकीय तत्व रहेको बताए । 

उपन्यास ‘फिलिङ्गो’ सार्वजनिक

उपन्यास जापानमा श्रम गर्न जाने महिला तथा जापानकै महिलाको कथामा आधारित रहेको उनले बताए । ‘यो पुस्तकले कतिपय ठाउँमा महिलालाई आत्मानिर्भरताको लागि अगाडि बढ्न सहयोग गर्छ,’ उनले भने, ‘कतिपय पाठकलाई हाम्रो समाजमा स्थापित कला, संस्कृति तथा संस्कारलाई मिच्दै जान्छ भन्ने पनि अनुभव हुन सक्छ ।’

त्यस्तै पत्रकार तथा लेखक बस्नेतले पुस्तकमार्फत जापान पनि बुझिने र त्यहाँ गएका नेपालीहरु कसरी बसोबास गर्छन् भन्ने पनि प्रस्ट्याएको भन्दै सबै मानिस त्यस्ता नहुने बताए । जापान गएपछि महिलाहरुले भोग्ने दु:खसुख हरेक क्षेत्रलाई पुस्तकमा समेटिएको उनले बताए ।अर्का वक्ता ढकालले ३३ वटा उपशीर्षकमाथि लेखिएको उपन्यास पाठकलाई पढ्न सजिलो हुने बताइन् ।

नारीमाथी निरन्तर हुने गरेका दमनमा व्यवहारलाई बदल्न समाजमा सचेतनाका साथै महिलाको आँट आवश्यक छ भन्ने चेतनामूलक झिल्को बाल्ने काम यो उपन्यासले गर्ने कवि तथा लेखक बरालले बताइन् ।

सन् २०१० र २०१२ मा दुई पटक जापान पुगेकी लेखक बरालले त्यसबेलाको अनुभवलाई २०७२ सालमा आत्महत्याको जङ्गल (नियात्रा) कृति सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित : चैत्र १३, २०७७ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?