कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रख्यात नारीवादी लेखक सिमोनको अन्तवार्ता नेपालीमा

काठमाडौँ — विश्वविख्यात नारीवादी लेखक सिमोन द बोवुआरको किताब नेपाली भाषामा प्रकाशित भएको छ । सिमोनको पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’ नेपाली भाषामा प्रकाशित भएको हो ।

प्रख्यात नारीवादी लेखक सिमोनको अन्तवार्ता नेपालीमा

जर्मन पत्रकार एलिस स्वेर्जरले सिमोन र सिमोनका प्रेमी तथा दार्शनिक ज्याा पाल सात्रसँग लिएका अन्तवार्ताहरु किताबमा समेटिएका छन् । किताबमा विभिन्न समयमा लिइएका ६ वटा अन्तवार्ता समेटिएका छन् ।

पुस्तकमा विवाह संस्था, परिवार, मातृत्व, महिला यौनिकता र महिला श्रीमाथि सिमोनका विचारहरु समेटिएका छन् । अन्तवार्तामा महिला मुक्तिसँग जोडिएका प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरिएको छ ।

महिला मुक्तिको विषय नेपाली सन्दर्भसँग जोडिने भएकाले विदेशी भाषाबाट पुस्तक अनुवाद गरिएको प्रकाशक इन्डिगो इन्कका विष्णुकुमार पौडेलले बताए ।

पुस्तक इन्डिगो इन्कले बजारमा ल्याएको हो । पुस्तकको मूल्य २ सय ९९ रुपैयाँ राखिएको छ ।

प्रकाशित : माघ १४, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?