कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली उत्सव फागुन अन्तिम साता

सुर्खेत — कर्णाली उत्सवको दोस्रो संस्करण फागुन अन्तिम साता हुने भएको छ ।

कर्णाली उत्सव फागुन अन्तिम साता

आयोजक ऋषि फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन गरी फागुन २७, २८ र २९ मा सुर्खेतको बुलबुले उद्यान्नमा उत्सव आयोजना गरिने जनाएको हो । संयोजक कमलराज लम्सालका अनुसार कोरोना महामारीलाई मध्यनजर गर्दै भौतिक, भर्चुअल वा अर्धभर्चुअलमध्ये एक विकल्पबाट उत्सव आयोजना गरिनेछ । ‘हामीले तीनवटै विकल्पमा एकसाथ तयारी गरेर अघि बढ्नेछौं,’ उनले भने, ‘त्यतिबेला कोरोना संक्रमणको अवस्था कसरी जान्छ, त्यसमै भर पर्छ ।’

कर्णालीको पहिचान र सम्भावनालाई उजागर गरी यहाँको ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय महत्त्वलाई राष्ट्रिय रूपमा परिचित गराउन उत्सव आयोजना गर्न लागिएको उनले बताए । ‘कुडा कर्णालीका’ मूल नाराका साथ गत वर्ष फागुनमा कर्णाली उत्सवको पहिलो संस्करण आयोजना भएको थियो । त्यसबेला १४ वटा विभिन्न सत्रमा बहस गरिएको थियो । यस वर्ष उत्सवका लागि विषयवस्तु र सत्रबारे छलफल भइरहेको उनले जनाए ।

प्रकाशित : पुस १९, २०७७ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?