यस्तो हुन सक्छ र ?- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो हुन सक्छ र ?

विप्लव प्रतीक

नजाने संसारको कुनकुन प्रदेश
उसकै मनखुसी डुल्दैडुल्दै,
कहिले नदी, पहाड, जंगल र सागर छुँदै
मायालुका केश फर्फराइदिँदै
केही थकित मानिसहरुलाई शीतल बाँड्दै
मन्द पवन मछेउ आइपुगेको छ
सुवासको सौगात लिएर ।

माथि गगनमा ताराहरु टिल्पिलटिल्पिल गर्दै

टुलुटुलु हेरिरहेछन् अचल, या हुनसक्छ अचम्मित,

जून पहाडको डिलबाट च्याउनच्याउन लागेकी छे–

के हेर्नलाई ? जादूसरी बदलिएको नगरी हेर्न,

वा केही नदेख्‍न ? या निश्चिन्त ऊ, आफ्नै धुनमा

माया र घृणाबाट मुक्त ।


कतै टाढाबाट कुनै पञ्छी चिर्बिराएको आवाज

दौडेर आउँछ र मेरो कानभित्र पस्छ

अनि हृदयलाई सुम्सुम्याएर जान्छ ।


यतिखेर मलाई के याद आउनु पर्ने थाहा छैन ।

मन लठ्ठिनु पर्ने हो यतिखेर शायद,

कहिले आँखा आफसेआफ खुल्ने

कहिले बन्द हुनुपर्ने हो यतिखेर

शरीर पूर्णतया स्थिर र शान्त हुनुपर्ने हो यतिखेर ।


तर, मन अचानक खल्बलिन्छ

तलाउमा पात खसेर हल्का तरंग फैलिएसरी

होइन मन खल्बलिएको,

मन त अशान्त सागरमा

उन्मादले भरिएको छाल जस्तै

हाम्फाल्दै अतितको इनारतिर झम्टिरहेछ सम्झनालाई ।


म के सम्झिउँ ? मृदु यादहरु ? आफ्ना भुलहरु ?

आफूले लगाएका गुनहरु, या कपट, मैले गरेका ?

अहा, हुकुम छैन मनको, मैले चाहेको कुरा सम्झिन ।


हे, जीवनका रचनाकार,

हेरिरहेछौं मेरो जिन्दगीको नाटक ?

मभित्र करुणा जागृत भएको देख्यौ होला,

मैले जतिसक्दो सबलाई प्रेम बाँडेको देख्यौ होला ?

मैले गरेका छल पनि देख्छौ होला,

मैले चित्त दुखाइदिएकाहरुको आँसु

पवन र समयसँग मिलेर सुकाइ पनि दियौ होला ।


तिमी अनुपम छौ, तिमीलाई सम्झिँदै

कृतज्ञ हुँदै निहुरिन्छ मेरो शिर ।


यतिखेर म सम्झिरहेछु मेरो अतित,

कतिखेर कसैले चालै नपाउने गरी

मैले खोसिदिएा कसैको खुशी– कुनै दिन खोल्न सक्छु आफ्नै पोल ।

कहिले तृप्तिका लागि गाास्नुपर्ने सम्बन्ध अञ्जानमा तोडो,

कहिले तृष्णाका कारण नगाास्नुपर्ने सम्बन्ध अबुझ भएर गाँसो,

नहिँड्नु पर्ने बाटो लुकेर हिँडे,

हिँड्नै पर्ने बाटोलाई नदेखेझौ गरो,

हो, यो सबै भन्न सक्छु म कुनै पनि बेला,

मेरो मन ह्वाङ्ग पार्न सक्छु बिना कुनै लज्जाबोध ।

तर, केही यस्ता गल्तीहरु छन्

जसका साक्षीहरु छैनन् अब,

र सुनाउन व्यग्र भएपनि मसाग सुनाउने आँट छैन,

त्यस्ता घटनाहरु,

जसले मलाई जीवनभर जलाइरहे,

मेरो लाशसँगै ती जल्नेछन् एकदिन,

मेरो निम्ति योभन्दा ठूलो र क्रुर सजाय

केही हुनै सक्दैन ।


रचयिता,

यस्तो हुनसक्छ ?

कि तिमी देउ यी मानिसहरुलाई यौटा त्यस्तो विवेक,

जसले गर्दा मान्छेलाई मन खोल्न शरम नलागोस्,

मन खोल्दा कसैले कसैलाई नदााजोस्, नजोखोस्,

र, आफ्ना कर्म सबलाई सुनाउन सकुन् सबैले,

आफूले गरेका भूलहरु निष्फिक्री भन्न सकुन् सबैले,

आफ्ना अपराधहरु कबूल गर्न सकुन् सबैले निसङ्कोच,

ताकि सबैको मन कञ्चन होस्, निर्मल होस्,

र, साधै मुस्कुराईरहन सकुन् मानिसहरु, फूलजस्तै ।


संसार अहिले जेजस्तो छ– होस्,

तर, मानिसका कारण स्वर्गतुल्य होस्,


रचयिता, भनन, यस्तो हुनसक्छ ?

प्रकाशित : आश्विन २३, २०७८ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्

एउटा निरीह देश

मीनबहादुर विष्ट

होइन, ककसका छौंडा हुन् यी कोही चढेका छन् मेरो घरको छानामा कोही बुइगलमा कोही बैठककोठामा 

कोही बार्दलीमा

कोही करेसामा

भान्सामा, बेडरूममा

बगैंचामा, आँगनमा

ममाथि राज गरेजस्तो

कोही भर्‍याङ उक्लिरहेछन्

कोही भर्‍याङ ओर्लिरहेछन्

होइन, ककसका छौंडा हुन् यी ।

***

होइन, ककसका छौंडा हुन् यी

यी विकासका कुरा गर्छन्

शान्तिका कुरा गर्छन्

अधिकारका कुरा गर्छन्

नागरिकताका कुरा गर्छन्

व्यापारका कुरा गर्छन्

विज्ञान र प्रविधिका कुरा गर्छन्

धर्मका कुरा गर्छन्

समृद्धिका कुरा गर्छन्

शब्दहरूको चटक देखाउँदै

चढिरहेछन् मेरो घरको छानामा

होइन, ककसका छौंडा खेलिरहेछन् मेरो घरको भान्सामा

बेडरूममा

देउता थापेर राखेको पूजाकोठामा

निर्धक्क

मानौं मेरो घर कुनै उपनिवेशजस्तो ।


***

होइन, ककसका छौंडा हुन् यी

जसले मेरो घरमा आगो सल्काएका छन्

जसले मेरो घरलाई घाइते र क्षतविक्षत बनाएका छन्

जगै हल्लिने गरी

जसले मेरो घरलाई कमजोर बनाएका छन्

घरी भुइँ तला त घरी माथिल्लो तल्ला

अपदस्थ गरेर मलाई

ममाथि हुकुम गरिरहेजस्तो

नांगो नाच देखाउँदै

मलाई लज्जित तुल्याएका छन्

होइन, ककसका छौंडा हुन् यी ।


***

होइन, ककसका छौंडा चढिरहेछन् मेरो शिरमाथि

र मेरो शिर निहुरेको छ

होइन, ककसका छौंडा चढिरहेछन् मेरो घरको छानामाथि

र मेरो घरको छाना चुहिएको छ

यो मेरो घर हुन सक्दैन

यो मेरो देश हुन सक्दैन ।

ल ल ल

होइन, कहाँ गए यो घर रूङ्न बसेकाहरू

होइन, कहाँ गए यो देश रूङ्न बसेकाहरू ।

प्रकाशित : आश्विन २३, २०७८ १३:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×