कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

प्रत्येक आइतबार रक्तदान शिविर चलाउँदै वीर अस्पताल 

काठमाडौँ — वीर अस्पतालले प्रत्येक साता आइतबार अस्पताल परिसरभित्र रक्तदान शिविर आयोजना गर्ने भएको छ । शिविरमा चिकित्सक, नर्स, कर्मचारीदेखि लिएर बिरामीका आफन्त, सर्वसाधारणसम्मले रक्तदान गर्ने अपेक्षा गरिएको छ ।

प्रत्येक आइतबार रक्तदान शिविर चलाउँदै वीर अस्पताल 

वीरका अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले रक्तदान कार्यक्रमले रगत अभावलाई पूर्ति गर्न केही हदसम्म मद्दत गर्ने विश्वास व्यक्त गरे ।

‘रक्तदान कार्यक्रम गत वर्ष असोजमा ठूलो संख्यामा कर्मचारीहरु हटाइएपछि केही महिना अवरुद्ध भएको थियो,’ उनले भने, ‘अब पुनः सूचारु गरेका छौं ।’

प्रकाशित : श्रावण ७, २०८१ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×