कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

केन्द्रीय कारागार अस्पतालमा ब्रेन म्यापिङ सेवा

काठमाडौँ — गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय कारागार अस्पतालमा इलेक्ट्रो इन्सेफेलोग्राफी (ईईजी) सेवा सुरु गरिएको छ । कारगारमा रहेका कैदी तथा थुनुवाहरुको स्वास्थ्योपचारका लागि ईईजी सेवा उपयोगी हुने अपेक्षा लिइएको छ ।

केन्द्रीय कारागार अस्पतालमा ब्रेन म्यापिङ सेवा

अस्पतालका प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार कैदमा रहेकाहरुको मानसिक अवस्थाका साथै मानसिक स्वास्थ्यका बारेमा जनकारी प्राप्त गर्नका लागि यो सेवा उपयोगी हुनेछ । उनका अनुसार ईईजीलाई विकसित देशहरुमा अपराधिक घटनाको अनुसन्धानका लागि पनि प्रयोग गर्ने गरिन्छ । ‘हाम्रो पहिलो उद्देश्य कैदमा रहेकाहरुको मानसिक स्वास्थ्यको अवस्था जाँच र उपचार नै हो । तर यसलाई अपराध अनुसन्धानका लागि पनि प्रयोग गर्न सकिन्छ,’ उनले भने ।

केन्द्रीय कारागार अस्पतालको मानसिक विभागका प्रमुख डा. कन्चन दाहालका अनुसार ईईजी सेवा सुरु भएपछि कैदीहरुको उपचारका साथै अपराधिक मनोवृत्तिको अध्ययनका लागि पनि प्रयोग गरिने छ । उनका अनुसार हाल कारागार अस्पतालमा प्रयोगमा ल्याइएको ईईजीमा ‘ईईजी क्याप’ समेत रहेको छ । ‘कारागारमा रहेका व्यक्तिमा देखिने विभिन्न प्रकारका मानसिक रोगको निदानमा यसले सहयोग गर्छ,’ उनले भने, ‘यो उपकरणको प्रयोगले कैदीहरुको उपचारलाई चुस्त बनाउने छ ।’

केन्द्रीय कारागार अस्पताल देशभर रहेका ३० हजार बढी कैदीको स्वास्थ्योपचारका लागि जिम्मेवार निकाय हो । केन्द्रीय कारागारमा रहेका कैदीहरुलाई मात्रै नभएर हाल ३० शय्यामा संचालित केन्द्रीय कारागार अस्पतालले सरकारी खर्चमा उपचार गर्नुपर्ने हरेक कैदीलाई सेवा प्रदान गर्ने गर्दछ ।

प्रकाशित : श्रावण ५, २०८१ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×