कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

संघीय अस्पतालहरुलाई अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

रासस

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताललाई नियमितबाहेक अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न निर्देशन दिइएको बताए ।

संघीय अस्पतालहरुलाई अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मन्त्रालयले अतिरिक्त समयमा सेवा सञ्चालन गर्न ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ कार्यन्वयनमा ल्याएको छ । बुढाथोकीका अनुसार कार्यविधिबमोजिम सेवा यथाशीघ्र सुरु गर्न र सेवा सञ्चालन गरेको जानकारी मन्त्रालयलाई गराउन निर्देशन दिइएको छ ।

अस्पतालले अतिरिक्त समयमा सेवा सञ्चालन गरेबापत चिकित्सक सेवा शुल्क सरकारले तोके अनुसार र अन्य सेवा शुल्क अस्पतालले नियमित सेवा शुल्कमा बढीमा दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

अस्तालले सेवाको विवरण तयार पारी सेवाग्राहीले स्पष्ट बुझ्ने गरी देखिने स्थानमा राख्नुपर्ने छ । सेवा सञ्चालन गर्नका लागि अस्पतालका प्रमुख रहेको कार्यक्रम सञ्चालन समिति गठन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

अतिरिक्त समयमा सेवा सञ्चालन सामुदायिक र सहकारी अस्पतालमा समेत लागू गर्न सकिने व्यवस्था छ । प्रदेश र स्थानीय तहले पनि आफ्नो मातहतका अस्पतालमा नियमित बाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न सक्नेछन् ।

कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७७ लाई आवश्यकता अनुसार परिमार्जन गर्ने मन्त्रालय र उपत्यकाका संघीय अस्पतालबीच सहमति भएको प्रवक्ता बुढाथोकीले बताए ।

प्रकाशित : श्रावण ४, २०८१ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×