२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्रसूति गृहको नर्सिङ प्रशिक्षक पदपूर्ति सम्बन्धी सूचना रद्द

काठमाडौँ — नर्सिङ प्रशिक्षक पदको योग्यताको विषयमा विवाद आएपछि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिले नर्सिङ प्रशिक्षक पदपूर्ति सम्बन्धी सूचना रद्द गरेको छ ।

प्रसूति गृहको नर्सिङ प्रशिक्षक पदपूर्ति सम्बन्धी सूचना रद्द

छैटौं तहका लागि स्नातकोत्तर योग्यता तोकिएको भन्दै आलोचना भएपछि सूचना रद्ध गरेको हो ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्री प्रसाद अधिकारीले योग्यताको विषयमा विवाद भएपछि पदपूर्ति अघि बढाउन उचित नभएकोले तत्कालका लागि सूचना रद्द गरिएको बताए । ‘अब स्वास्थ्य मन्त्रालयको परामर्शपछि मात्र निर्णय गरिनेछ,’ उनले भने ।

यसअघि यस्तो पदमा पाँचौं तह राखिने गरेको थियो । यसपटक कम्तिमा अधिकृत तहको हुनु पर्छ भनेर छैटौं तह राखेको जानकारी निर्देशक डा. अधिकारीले दिए ।

प्रकाशित : असार १, २०८१ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x