कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राम्रो काम गर्ने कर्मचारीलाई सरकारले प्रोत्साहन गर्छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताएका छन् । शुक्रबार पत्रकारसँग कुराकानीमा उनले सरुवा/बढुवा नियमित प्रक्रिया भएको भन्दै उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गरिने बताए । 

राम्रो काम गर्ने कर्मचारीलाई सरकारले प्रोत्साहन गर्छ : स्वास्थ्यमन्त्री यादव

अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले सेवामा प्रभावित नहुने दाबी गर्दै मन्त्री यादवले आवश्यकता, कामको प्रकृति र विज्ञताको आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्ने वा अन्यत्र खटाउन सकिने बताए।

उनले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरोकारवालासँग समन्वय गरी कार्ययोजना बनाउने बताए । ‘बीमा स्वायत्त संस्था भएकाले मन्त्रालयले कुनै पनि हस्तक्षेप गर्न मिल्दैन,’ उनले भने, ‘बिमामा देखिएका समस्या समाधान गर्न मन्त्रालय र सरोकार भएकाबीच छलफल गरिनेछ ।’

बैशाख ३१ गते पदभार सम्हालेयता मन्त्री यादवले कोशी अस्पतालका ११ औं तहका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झालाई हटाएर उनको ठाउँमा १० औं तहका डा. रविनराज सिंहलाई मेसुको जिम्मेवारी दिएका थिए भने ११ औं तहकै डा. श्रीराम तिवारीलाई भरतपुर अस्पतालको मेसुबाट हटाएर उनको ठाउँमा पनि १० औं तहका डा.कृष्णप्रसाद पौडेललाई मेसुको जिम्मेवारी दिएपछि मन्त्री यादवको आलोचना भएको थियो ।

प्रकाशित : जेष्ठ ३२, २०८१ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?