कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा जोशी नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् ।

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा जोशी नियुक्त

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा. जोशीलाई परिषद्को सदस्य सचिवमा नियुक्त गरेको हो ।

तत्कालीन सदस्य सचिव डा. प्रदिप ज्ञवालीको चार वर्षे कार्यकाल गत माघ २६ मा सकिएपछि परिषद्को सो पद रिक्त थियो ।

नवनियुक्त सदस्य सचिव जोशी हाडजोर्नी विषेशज्ञ हुन् । हाल कैलालीको गेटा अस्पतालको प्रमुखको रुपमा कार्यरत उनी नेपाल चिकित्सक संघका कोषाध्यक्षसमेत हुन् ।

प्रकाशित : फाल्गुन ६, २०८० २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×