३ सय २७ जनाको मोतियाविन्दुको शल्यक्रिया
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
(नवलपुर) — पूर्वी नवलपरासीको ग्रामीण भेगका मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया भएको छ । रोटरी क्लब अफ कावासोती र तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित आँखा परिक्षण र शल्यक्रियामा शिविरमा ३ सय २७ जनाको शल्यक्रिया भएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![३ सय २७ जनाको मोतियाविन्दुको शल्यक्रिया](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/20231129101803-29112023100811-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
तीन दिन चलेको निःशुल्क शल्यक्रिया शिविरमा जिल्लाको हुप्सेकोट गाउँपालिका, मध्यविन्दु नगरपालिका र कावासोती नगरपालिकाका ग्रामीण भेगमा भेटीएका मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरीएको हो । ग्रामीण भेगमा आँखाको रोगको समस्या बढ्दै गएको र उपचारका लागि आर्थिक अभाव हुने भएपछि रोटरी क्लवले गाउँगाउँमा निःशुल्क शिविर आयोजना गर्दै आएको छ ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५, प्रसौनीमा एकै वडामा १ सय ८ जना मोतियाविन्दुको बिरामी फेला परेका थिए । शिविरमा आएका ४ सय ९८ मध्य १ सय ८ जनामा मोतियाविन्दु भेटिएको र निःशुल्क शल्यक्रिया गरिएको रोटरी क्लब अफ कावासोतीका अध्यक्ष हरीहर अधिकारीले बताए ।
गाउँमा नै आएर निःशुल्क आखां परिक्षण र शल्यक्रिया सेवा पाउदां स्थानीय हर्षित भएका थिए । बुढ्यौली लागेर आँखा नदेखिएको भन्ने भ्रम र आर्थिक अभावले समयमा नै आँखा जाँच नगर्दा समस्या बढ्ने गरेको नेत्र अधिकृत प्रदीप भट्टराईले बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)