चीनले गर्‍यो सिभिल अस्पतालको नयाँ सर्जिकल भवन हस्तान्तरण 

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले निजामती कर्मचारी अस्पताल(सिभिल अस्पताल) को नयाँ सर्जिकल भवन हस्तान्तरण गरेको छ । शुक्रबार अस्पतालमा आयाेजित एक समारोहका बीच चीन सरकारले निर्माण गरेको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुनर्निर्माणसहित हस्तान्तरण गरिएको हो । 

नयाँ सर्जिकल भनवमा १०५ वटा जनरल वार्ड, १२ आईसीयू र ४ वटा अपरेशन थियटर र अरु उपकरण कक्ष रहेका छन् । सबै वार्डहरुमा अत्याधुनिक मेडिकल उपकरण जडान गरिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी दिनमा अस्पतालले झन् राम्रो उपचार र सेवा दिने विश्वास व्यक्त गरे । उनले भने, ‘चीनले हामीलाई कोभिडविरुद्धको खोपमा पनि धेरै सहयोग गरेको छ । यो अस्पताललाई सुपरस्पेसियालिटीमा परिवर्तन गर्ने लक्ष्य हो । नेपालको स्वास्थ्य सेवामा सुधार ल्याउन चीनको सहयोग सदैव रहने आशा छ ।’

सन् १९९९ मा पहिलो पटक चीन सरकारले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलमा मेडिकल टिम पठाएको थियो । नेपालका लागि चिनियाँ राजदूत छन सङले स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको अधिकार भएको बताउँदै चीनले २४ वर्षअघि पहिलो पटक चीनको मेडिकल सहयोगको बारेमा स्मरण गरे । उनले भने, ‘हामीले जहिल्यै पनि नेपाललाई सहयोग गर्दै आएका छौँ र सहयोग जारी नै रहनेछ ।’

नेपाल सरकारका मुख्यसचिव नियुक्त शंकरदास वैरागी भवन निर्माण हस्तान्तरणले नेपाल र चीनको मित्रतामा थप उचाइ थपेको बताए । ‘चीनको सहयोगबाट यो मात्र होइन अरु दुई अस्पताल पनि बनेका छन् । आगामी दिनमा पनि सहयोग हुने छ भन्ने विश्वास छ ,’उनले भने ।

कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ७ वटै प्रदेशमा सिभिल जस्तो नमुना अस्पताल निर्माण गर्नुपर्ने बताए । यस्तै अस्पताल देशभरी नै निर्माण गरियोस् भन्ने चीनसँग अपेक्षा राखे ।

त्यसैगरी अस्पतालका कार्यकारी निर्देशक डा‍. विधाननिधि पौडेलले चीन सरकारलाई नयाँ भवनका लागि धन्यवाद व्यक्त गर्दै नयाँ भवन ठूलो उपलब्धि रहेको र बिरामीले थप राम्रो सेवा पाउने प्रतिबद्धता व्यक्त गरे । उनले अस्पतालले भविष्यमा बोन म्यारो ट्रान्सप्लान्ट पनि सुरु गर्ने लक्ष्य लिएको बताए । समारोहमा चीनले भोलिबाट बालबालिका तथा महिलाहरूका लागि काठमाडौँ जिल्लामा साप्ताहिक स्वंयसेवी स्वास्थ्य शिविर आयोजना पनि गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।


प्रकाशित : वैशाख १५, २०८० १४:५२
प्रतिक्रिया
पठाउनुहोस्

रमेश क्षितिजको 'पर्वत पर्वतमा बटुवा घाम' कवितासंग्रह सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — कवि तथा गीतकार रमेश क्षितिजको नयाँ कविता संग्रह 'पर्वत पर्वतमा बटुवा घाम' सार्वजनिक भएको छ । करिब डेढ दशकको अवधिमा कवि क्षितिजले सिर्जना गरेका ५३ वटा जीवनपरक दार्शनिक कविता संग्रहमा संगृहीत छन् ।

५ खण्डमा विभाजित संग्रह का कविताबारे कवि अविनाश श्रेष्ठ भन्छन्, 'पूर्वीय दर्शनलाई सरल तरिकाले भन्दै काव्यिक संवेदनाको शील्पलाई सरल ढंगले यस संग्रह का कविताले भनेका छन् । उनका कविता मन्त्र जस्तै छैनन्, जीवनमन्त्र नै हुन् ।'

२०५६ सालमा 'अर्को साँझ पर्खेर साँझमा' र २०६६ मा 'घर फर्किरहेको मानिस' कवितासंग्रहबाट नेपाली कविता जगतलाई धनी बनाएका कवि क्षितिजको 'आफैं आफ्नो साथी भएँ' गीतसंग्रह का साथै दर्जनौं गीतहरू लोकप्रिय छन् । ५३ कविताको हार्ड कभर संस्करणको मूल्य ४५५ रुपैयाँ रहेको छ ।

प्रकाशित : वैशाख १५, २०८० १४:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×